कस्तो स्वभावका हुन्छन त सोमबार जन्मिएका मानिस

ज्योतिषशास्त्र अनुसार कुनै पनि मानिसको बानि ब्यबहार उसको जन्मेको बार अनुसार थाहाँ पाउन सकिन्छ ।

मानिसको जन्मेको जन्मबार, महिना र समयले नै कुन दिन जन्मेको मानिसको ब्यबहार कस्तो र कति भाग्यमानी हुन्छ भन्ने पत्ता लागाउन सकिन्छ ।

ज्योतिषशास्त्रमा मानिस जन्मेको दिनलाई आधार मानेर उसको बानि ब्यबहार पत्ता लगाइएको छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार सोमबार जन्मने मानिस तेज स्मरण शक्तिको हुने बताइएको छ । यस दिन जन्मेका मानिसहरु निकै संवेदनशील र नर्भस हुने खालका हुन्छन् ।

त्यस्तै सोमबार जन्मने मानिस पढाईमा पनि तेजिला र जागरिला हुन्छन् । उनीहरु आफ्नो परिवारसंग जिवन बिताउन निकै रहर गर्छन् । अरुलाई निकै माया गर्ने स्वभाब भएका यी मानिसहरु आफ्नो सौन्दर्यलाई पनि धेरै ध्यान दिन्छन् । यस दिन जन्मने मानिसहरु लोभि हुने हुनाल कुनैले श्रीमतीको गाली पनि सुन्ने गर्छन् ।

यस्तो हुन्छ सोमबार जन्मिएका मानिसको स्वभाव

१.सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।

२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।

३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।

४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।

५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।

६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।

७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।

८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस