“सुनले बनेको विश्वकै प’हिलो होटल, कति छ ए’करातको भाडा”?

विश्वकै पहिलो सुनको होटल भियतनामको राजधानी हनोईमा खुलेको छ। उक्त होटलका दरवाजा, कप, टेबल, ढोका, बाथरुम, खाने भाडाकुँडा लगायत सबै कुरा सुनका रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। २ जुलाई अर्थात बिहिबार यो होटलको उद्घाटन गरिएको हो’।

उक्त होटलको नाम डोल्से हनोई गोल्डन लेक राखिएको छ। होटलका गेट देखि चिया खाने कपसम्म सबे सुनका छन्। २५ तले उक्त होटल फाइभ स्टार होटल हो। होटलमा ४ सय कोठा छन्। होटलको बाहरी भित्तामा करिब ५४ हजार वर्ग फीट गोल्ड प्लेटेड टाइल्स लगाइएको समाचार एजेन्सी एपीले जनाएको छ’।

होटल स्टाफको ड्रेस कोड रातो र सुनौलो राखिएको छ। होटल भित्र पस्ने मानिसलाई सुनौलो महसुस होस भनेर सबै कुरा सुनका बनाइएको। बाथरुम देखि नुहाउँने सबै सामानहरु सुनौलो छन’।

बेडरुममा फर्निचरका सबै सामान सुनौला राखिएको छ। छतमा इन्फिनिटी पूल बनाइएको छ। जहाँबाट हनोई शहरको रौनक दृश्य हेर्न पाइन्छ। उक्त होटलको निर्माणकार्य सन् २००९ मा शुरू गरिएको थियो। निर्माण कार्य सम्पन्न हुन करिब २ सय मिलियन डलर खर्च गरिएको थियो’।

सुनौलो रंगले मानिसलाई तनाव कम गर्न मद्दत पुयाउँने र आनन्द दिलाउँने हुनाले सुनौलो होटल बनाइएको होटेल व्यवस्थापनले जनाएको छ। होटल विभिन्न प्रकारका रुम राखिएका छन् । मानिसहरुले आफ्नो रोजाइले कोठा छान्न सक्दछन् ‘।

डबल बेडरुम भएको एक सुनौलो कोठामा एकरातको भाडा १ लाख २० हजार तोकिएको छ। यस्तो होटल विश्वमै पहिलो पटक खुलेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्’।

फोटो फिचर:-

 

प्रतिक्रिया दिनुहोस