दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ ।

गर्मीको प्रिय परिकार हो दही । दहीको खपत गर्मी मौसममा निकै बढ्छ । शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा फाइदाको साटो नोक्सान हुनसक्छ ।

यस्ता चिजहरूका साथ दही खाँदा शरीरमा टक्सिन बन्न थाल्छ ।फलस्वरूप वाकवाकी तथा उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । दही स्वास्थ्यका लागि निकै राम्रो खाद्य पदार्थ हो, यसमा प्रशस्त मात्रामा क्याल्सियम तथा ल्याटिक एसिड पाइन्छ ।

उचित ढंगले दहीको सेवन गर्ने हो भने पाचन प्रणाली सुधार्नका लागि यसको अर्को विकल्प छैन भने पनि हुन्छ । तर दहीलाई निम्नलिखित चिजहरूसँग मिसाएर खाएमा भने स्वास्थ्यसमस्या उत्पन्न हुन सकिन्छः

आँप र दही

गर्मी फलको राजा मानिने आँपको पनि सिजन हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ ।

चीज र दही

आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकैपटक खाँदा शरीरमा नकारात्मक असर गर्छ।

इडली डोसासँग दही

यो परिकार नेपालको होइन तथापि कतिपय भारतीय तथा नेपाली रेष्टुराँहरूले यो परिकार सर्भ गर्छन् । इडली बनाउँदा दही मिसाइएको त हुन्छ तर पनि यसमा दही थपेर खाँदा स्वास्थ्यमा विगार गर्नसक्छ ।

केरा र दही

हामीकहाँ दहीको नाम लिनेबित्तिकै केराको नाम पनि आइहाल्छ । दही र केरा मिसाएर खुबै खाइन्छ पनि । यसपछि धेरैले पेट चस्किएको गुनासो पनि गर्छन् । तर दही र केरालाई एकसाथ सेवन गर्नु राम्रो मानिँदैन । खानै परे पनि २ घन्टाको फरक पारेर मात्र खानुपर्छ ।

मासको दालसँग दही

मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरेसरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।

प्रतिक्रिया दिनुहोस