महिलाहरुले अनुहारको अनावश्यक रौं फाल्न एउटा घरेलु उपाय

अनिच्छित रौं (अनवान्टेड हेयर) पलाउने समस्या महिला वा युवतीमा मात्रै हुँदैन । यसबाट युवकहरु पनि पीडित भएको पाइन्छ ।

कतिपय महिला तथा किशोरीको अनुहारमा जुगाँको रेखा प्रष्टै देखिन्छ । यी रौं पुरुषको दाह्रि-जुगाँ जस्तो लामो नभएपनि महिलाको अनुहारमा यसरी अनावश्यक रौं पलाउनु अप्राक्रृतिक तथा अस्वभाविक देखिन्छ ।

धैरैजसो महिलाको शरीरमा असामान्य ठाँउहरुमा जस्तै अनुहारमा दाह्रि-जुँगा देखिनु, स्थनको निप्पल वरिपरी रौं पलाउनु, हातखुट्टामा अनावश्यक भुत्ला देखिनु । यस समस्याबाट पीडित महिला, युवतीहरु शारीरिक एवं मानसिक तथा सामाजिक रुपले पनि पीडित भइरहेका हुन्छन् ।

यसरी महिलाको अनुहारमा पुरुषको जस्तो दाह्रि-जुँगा (रौं) पलाउनुलाई चिकित्सकीय भाषामा (हर्सुटिज्म) भनिन्छ । यस किसिमको समस्याबाट प्राय: एसियाली र अफ्रिकी मुलुकका महिला एवं युवतीहरु बढी पीडित भएको देखिन्छन् ।
कारण-

१. महिलाको शरीरमा पुरुष हार्मोन्स– एन्ड्रजन बढी भयो भने यस्तो समस्या देखिन्छ । यो हार्मोनले ओठ लगायत महिलाको शरीर भरी नै असमान्य ठाऊँहरुमा अनावश्यक रौं पलाउँछ ।

२. वंशानुगत कारणले पनि अनावश्यक रुपमा रौं पलाउन गर्छ । यदि कसैको परिवारकमा यस किसिमको समस्या देखिएको थियो वा देखीन्छ भने त्यस परिवारका महिलामा बढिमात्रामा रौं पलाउने समस्या बढि नै दैखिन्छ ।

३. कुनै निश्चित औषधि (उपचार) लामोसमयसम्म प्रयोगको असरले पनि यो समस्या देखिन सक्छ ।

४. यस्तै महिलाहरुमा देखिने पोलिसाईटीक ओभरी सिन्ड्रोम (पिओएस) रोगको कारणले गर्दा पनि अनुहारमा रौं पलाउने गर्दछ ।

५. प्रसुति एवं स्त्रीरोगका कारण लामो समय अत्यधिक मात्रामा हार्मोन युक्त औषधि सेवन गरेपनि यो समस्या देखिन्छ । किनभने अचेल अधिकांश महिला तथा युवतीहरुमा अनियमित मासिक धर्मको समस्या देखिन थालेको छ ।

महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ ।

अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लिज प्रभावकारी हुँदैन ।

धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उखेलेर फाल्ने गर्छन् । तर यसको लागि केही प्राकृतिक उपायहरु पनि छन् । जसले विस्तारै – विस्तारै रौंहरु कम गर्दै लैजान्छ ।

प्राकृतिक रुपमा रौं फाल्न के गर्ने त ?

एक चिया चम्चा दूधमा एक चम्चा बेसारलाई मिसाएर पेस्ट बनाउने र त्यसलाई रौं आएको ठाउँमा बिस्तारै-बिस्तारै दलेर आधी घन्टा जति छोड्दिने । त्यसपछि चिसो पानीले पखाल्ने । यसो गर्नाले लामो समय त्यस ठाउँमा रौं पलाउँदैन ।

यस्तै दुई चम्चा पानी र दुई चम्चा बेसार मिसाएर बनाएको पेस्टलाई बिस्तारै दल्नुपर्छ । करीब आधा घन्टा पछि बिस्तारै चिसो पानीले पखाल्नुपर्छ । यसबाट पनि राम्रो परिणाम देखिन्छ ।

अन्डाको सेतो भाग पनि दलेर अनावश्क रौंलाई हटाउन सकिन्छ । यसको लागि एक चम्चा अन्डाको सेतो भाग, एक चम्चा चिनी र एक चम्चा शुध्द गहूँको पिठो मिसाएर बनाएको पेस्टलाई लगाएर करीब आधा घन्टा छोड्दिने । त्यसपछि उक्काउने । यसो गर्नाले पनि लामो समयसम्म उक्त ठाउँमा रौं आउँदैन ।

प्रतिक्रिया दिनुहोस