महानायक अमिताभकाे स्वस्थ्य लाभकाे कामना गर्दै पढिएको महामृत्युंजय पाठ किन गरिन्छ ?

बलिउड महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी र उनका छोरा तथा अभिनेता अभिषक बच्चनलाई शनिवार राति कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

कोरोना देखिएपछि अमिताभ र अभिषेक मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन् । उपचारमा संलग्न डाक्टरका अनुसार अहिले उनलाई हल्का ज्वरो र खोकी लागेको बताइएको छ ।

कोरोना संक्रमण भएको जानकारी पाएपछि बलिउडका कलाकार र प्रशंसकहरूले अमिताभलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तै अमिताभको स्वास्थ्य लाभको कामना गर्दै मुम्बईमा महामृ-त्युंजय जाप सुरु गरिएकाे छ । शास्त्रमा उल्लेख भएअनुसार महामृत्युंजयकाे जाप गरेपछि अकालमा हुने मृत्युुमाथि विजय प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।

रामवाणका रुपमा लिईने महामृ-त्युंजयकाे जप लगाएपछि सिघ्र स्वस्थ्य लाभ हुने आयुर्वेदिक ग्रन्थ चरक संहितामा उल्लेख गरिएको छ । उक्त मन्त्रकाे शुक्ल यजुरबेदमा व्याख्या गरिएको छ ।

वेदमा उल्लेख गरिए अनुशार “शिवारुतस्यभेषजीतयानाेमृडजीवसे” अर्थात विधिपुर्वक गरिएकाे महायृत्युंजयकाे जापले मरिसकेकाे मानिसलाई पनि पुनः जीवितै बनाउन सकिने शक्ति रहेकाे उल्लेख गरिएको छ ।

रामायणमा पनि रामका भाइ लक्ष्मणलाई रावण पुत्र मेघनाथले शक्ति अस्त्रद्वारा मृत्युु गराएपछि मृत संजीवनी अर्थात महामृत्युंनजय शक्तिद्वारा मृत संजीवनी बुट्टी खुवाएर पुन जीवितै भनाएकाे उल्लेख गरिएको छ ।

यसरी अनुष्ठानकाे प्रभावले शरीरमा सकारात्मक उर्जाकाे प्रभाव बढ्न गई मन्त्रकाे प्रभावले राेगसंग लड्न सक्ने शक्ति आउने उल्लेख गरिएको छ । सबैभन्दा ठूलो खड्काे जीवन नै समाप्त हुने याेग बनेकाे अवस्थामा र अकालमा हुने मृत्युुबाट जाेगाउनका लागि अन्तिम अस्त्रकारुपमा महामृत्युंजयकाे अनुष्ठान लगाउने नियम रहेकाे उल्लेख गरिएको छ ।

ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षिय मामृतात्

त्रियम्बकं =हे त्रिनेत्र (महादेवको नाम)
यजामहे=प्रार्थना गर्दछौ
सुगन्धिं =सुवासित(
पुष्टिवर्धनं= जीवकारक,शक्तिकारक

उर्वारुकमिव =लहरादार फल
बन्धनान् =लहरा (वन्धन)

मृत्योर्मोक्षिय =मृत्यु वाट मोक्ष
मा अमृतात् =अमरता

यसलाई मृत्युसँग विजय पाउने महा मृत्युञ्जय मन्त्र भनेर उल्लेख गरिएको छ । यस मन्त्रको धेरै नाम र रूप छन्। ऋषिमुनिहरूले यसलाई वेदको हृदयका रुपमा ब्याख्या गरेका छन्। साधनमा र ध्यानका लागि प्रयोग गरिने अनेक मन्त्रमध्ये गायत्री मन्त्रसँग यस मन्त्रको सर्वोच्च स्थान छ । मार्कण्डेय ऋषिलाई मात्रै याे मन्त्रकाे बारेमा ज्ञान थियाे र पछि उनले चन्द्रमा र सतीदेवी लाई पनि दिएको शास्त्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस