विवाहपछि यस्ता उपाय अपनाउदा मानिसको भाग्य चम्किन्छ

विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ ।तर, सबैको हकमा यस्तै हुन्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुन्छ ।

पण्डितले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ

यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ । भारतका एक पण्डितले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ ।

शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ । स्त्रीलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो मानिन्छ । यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास छ । महिलाले विहान उठेर सबैभन्दा पहिले स्नान गर्नु अवाश्यक छ ।

पंडितका अनुसार घरमा तामाको भाँडामा पानी राखेर पूरै घरमा छर्कनाले घरको वातावरण शुद्ध हुन्छ र यसले नकरात्मक शक्तिलाई हटाउन सहयोग गर्छ

साथै, तुलसीलाई पानी चढाएर उनीहरुले आफ्नो दुःख हटाउनका लागि प्रार्थना गर्नु पर्ने हुन्छ । एक पंडितका अनुसार घरमा तामाको भाँडामा पानी राखेर पूरै घरमा छर्कनाले घरको वातावरण शुद्ध हुन्छ र यसले नकरात्मक शक्तिलाई हटाउन सहयोग गर्छ । अनि यसले घरमा समृद्धि ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस