संसारमा सँगै आएको र जाँदा पनि सँगै जानेछौं भनेका जुम्ल्याहा दिदीबहिनीको कोरोना भाइरसका कारण निधन

एजेन्सी – विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट बेलायतमा जुम्ल्याहा नर्सको ज्यान गएको छ । ज्यान जानेमा काटी डाभिस र उनकी जुम्ल्याहा दिदी यम्मा डाभिस रहेका छन् । उनिहरुको कोरोनाका कारण ज्यान गएको हो । ३७ वर्षीया बहिनि काटी डाभिस र उनकी दिदि डाभिसको ज्यान गएको विदेशी समाचार माध्यमले जनएको छ ।

३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन जनरल अस्पतालमा निधन भएको हो । बालबालिकाको नर्स रहेकी केटी डेभिसको गत मंगलबार निधन भएको थियो भने उनकी जुम्ल्याहा पूर्वनर्स एमा डेभिसको शुक्रबार सबेरै निधन भएको हो । ‘उनीहरु सधैं संसारमा सँगै आएको र जाँदा पनि सँगै जानेछौं भनिरहन्थे,’ मृतक केटी र एमाकी बहिनी जोले बताइन् ।

उनका अनुसार सँगै बस्दै आएका जुम्ल्याहा दिदीबहिनीमा एकै किसिमको स्वास्थ्य समस्या थियो र केही समययता अस्वस्थसमेत थिए । उनीहरु कति विशेष थिए भनेर वर्णन गर्न आफूसँग शब्द नभएको उनले बताइन् ।

‘उनीहरु जहिले अरुलाई सहयोग गर्न तत्पर रहन्थे । सानैदेखि उनीहरु डाक्टर र नर्स बनेर खेल्ने गर्थे,’ जोले भनिन्, ‘उनीहरुले आफ्ना बिरामीका लागि सक्दो गरे । अपवाद रहेका केट र एमाको मृत्यु भयो भनेर पत्याउनै सकिरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस