हप्तामा यी ३ दिन काट्नु हुँदैन दारी र कपाल

प्रकृतिको नियम छ कि कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् । तर धर्म शास्त्रका अनुसार हप्तामा कुनै बार कपाल वा नङ काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ ।

कुन बार शुभ कुन बार अशुभः आइतबारः आइतबारलाई सूर्यको दिन मानिन्छ । यो दिन कपाल काट्दा धन, बुद्धी र धर्मको नाश हने महाभारतकव अनुशासन पर्वमा उल्लेख छ । सोमबारः सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ ।

मंगलबारः मंगलबार कपाल काट्नु उमेर अर्थात आयुका लागि नोकशानदायक मानिन्छ । कहिले काँहि यसले असामयिक मृत्यु समेत गराउन सक्ने महाभारतमा उल्लेख छ ।

बुधबारः नङ वा कपाल काट्न सबैभन्दा राम्रो दिन बुधवार मानिन्छ । यो दिन कपाल वा नङ काट्दा धन धान्य बढ्ने र खुसियाली आउने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।

विहीबारः विहीबार कपाल वा नङ काट्दा धन नास हुने मानिन्छ । यस दिन कपाल काट्दा मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास छ । शुक्रबारः शुक्रबार शुक्र ग्रहको दिन मानिन्छ । यो सौन्दर्यको प्रतिक मानिन्छ । त्यसैले शुक्रबार पनि कपाल र नङ काट्नु राम्रो दिन हो ।

शनिबारः शनिबार कपाल वा नङ काट्न अशुभ मानिन्छ । शनिबार कपाल काट्दा मृत्युक भय बढ्ने महाभारतमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस