आज साउन महिनाको पहिलो सोमबार : व्रत बस्दा के खाने, के नखाने ?

काठमाडौँ – साउन महिनालाई एक पबित्र महिनाको रुपमा मानिन्छ। साउन महिनालाई भगवान शिवको महिना पनि भन्ने गरिन्छ । सथै यो महिनामा शिबको नै आराधना गरि ब्रत बस्ने गरिन्छ । यो महिनामा भगवान शिव स्वयम धर्तिमा आउने मान्यता राखिएको छ ।

त्यसैले यो महिनामा भगवान शिबलाई खुशि पार्न महिलाहरु ब्रत बस्ने गरिन्छ । यो महिनामा भगवान शिवको पुजा आरधना गरी आफुले चाहेको बर माग्ने गरिन्छ । यो महिना भरी भगवान शिबको भक्ति गर्नेहरु र ब्रत बस्नेहरुलाई फलदायी हुन्छ ।

हिन्दु धर्म अनुसार यो महिनामा ब्रत बस्ने भक्तजनको भगवान शिबले मनोआकंक्षा पूरा गरिदिने बिश्वास छ । यो महिनाको हरेक सोेमबार शिव भगवानको पूजा गर्ने व्यक्तिको परिवारमा सुख र सम्वृद्धि प्राप्त हुने बिश्वास गरिएकमो छ ।

यो महिनाको सोमबार ब्रत बस्दा आलू ,दहि आलू खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछी खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ । व्रतको दिनमा फलफुल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरु भने खान सकिन्छ ।

व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा अलि वढी पिउनुपर्छ । पानी खादा कागती पानी खानु राम्रो हुन्छ । व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन ।

त्यस्तै ब्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

प्रतिक्रिया दिनुहोस