आज साउनको पहिलो सोमबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको विदेश यात्राको तय नगर्नु नै राम्रो रहनेछ । बिद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला तरपनि समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहाने हरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटि लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ काम पाउने तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा अन्य प्रतिस्पर्धीभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा पति पत्नी विच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारि काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउँनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा हात पार्न सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रुपैया पैसा बचत गरी कृषि क्षेत्रमा लगानी गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साईड लाग्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासील हुने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ । सन्तान तथा छोरा छोरिबाट तपार्ईँको काममा सहयोग हुने छैन ।

प्रतिक्रिया दिनुहोस