एक्कासी आकाशबाट यस्तो बस्तु खस्न थालेपछी…

एजेन्सी । उल्का पिण्ड जस्तै प्रकारको वस्तु राजस्थान झलोर जिल्लाको सन्चोर शहरमा आकाशबाट खसेको छ । शुक्रबार विहान सन्चोर शहरमा उक्त वस्तु आकाशबाट खसेको हो । वस्तुको तौल करिब २.८ ग्राम रहेको छ । वस्तु जमिनबाट एक फिट मुनी रहेकोे अवस्थामा फेला परेको छ ।

शुक्रबार ७ बजे वस्तु आकाशबाट खस्ने क्रममा विस्फोटक आवाज आएको स्थानियहरुले बताएका छन् । आवजको ध्वनी दूई किलोमिटर सम्म सुनिएको जानकारी स्थानियले गराएको छ । स्थानीयबासीले घटनापछि सम्बन्धीत निकायलाई सम्र्पक गरेका थिए । वस्तुलाई सरोकारवालाले नियन्त्रणमा लिई अनुसन्धान गर्न थालेको जनाइएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस