जम्मू–कश्मीरको रेलसेवा पुनः सञ्चालन

श्रीनगर । कोभिड–१९ को प्रतिबन्ध हटेसँगै जम्मू–कश्मीरको रेलसेवा पुनः सञ्चालनमा आएको छ। जम्मू–कश्मीरस्थित बरमुल्ला बेनीहाल रेलसेवा आंशिक रुपमा सुचारु हुन थालेको हो । कोभिड–१९ को महामारीका कारण विगत ११ महिना यता जम्मू–कश्मीरमा रेल सेवा बन्द भएको थियो ।

बरमुल्ला र बेनीहाल बीच १६ वटा रेल स्टेसन छन्। रेलसेवा संचालनसंगै बरमुल्ला, सोपोर र पट्टान स्टेसनमा तुलत्नामक रुपमा धेरै यात्रु देखिएका थिए । रेल सेवा बन्द हुँदा अन्य यातायात साधनमा अत्यधिक ट्राफिक जाम हुने र शुल्क समेत धेरै तिनुपर्ने बाध्यता रहेको बताउँदै रेल सेवा सुचारु

भएकोमा स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । सम्बन्धित निकायले चाँडै पूर्ण रुपमा रेल सेवा सञ्चालन गरे सर्वसाधारणलाई सहज हुन स्थानीयबासीको भनाई छ। स्रोतः ईन्डीया ब्लुम्स

प्रतिक्रिया दिनुहोस