कुकुरले पासपोर्ट च्यातेर बाँच्यो मालिक्नीको ज्या’न

जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने हाम्रो पुरानो भनाई छ । यस्तै घटना एक महिलासँग मेल खाएको छ । ति महिला चीनको यात्रामा निस्कनै लागेकी थिइन् ।तर महिलाले जानेबेला आफ्नो पासपोर्ट लिन गइन् तब महिलाको पासपोर्ट घरमा पालेको कुकुरले धमाधम च्यातिरहेको देखिन् । पासपोर्ट च्यातिएकै कारण ति महिलाले आफ्नो यात्रा रद्ध गरिन् ।अहिले चीनमा कोरोना भाइरस फैलिरहेको छ । त्यसैले मानिसहरु चीनको यात्रा गर्न मानिरहेका छैनन् ।

चीनमा कोरोना भाइरसको लक्षण देखिनु भन्दा केहि दिन अगाडि मात्र कुकुरले उनको पासपोर्ट च्यातिदिएको थियो ।उनले जब कोरोना भाइरस चीनमा भएको खबर पाइन् तब उनले आफ्नो च्यातिएको पासपोर्ट देखाउँदै फेसबुकबाट कुकुरलाई धन्यावाद दिएकी छिन् ।

उनले फेसबुकमा कुकुरले पासपोर्ट च्यात्दै गरेको फोटो सार्वजनिक गर्दै लेखिन् “एकपटक मेरो ज्यान बँचाएको मेरो बच्चीलाई धन्यवाद दिन चाहान्छु,तिमीलाई मैले आफ्नो जीवनमा पाएर म कति भाग्यशाली भएकी छु त्यो मलाई मात्र थाहा छ ।”उनले पासपोर्ट च्यातिएको केहि दिन पछाडि चीनमा कोरोना भाइरस फैलिएको बताएकी छिन् । उनले आफू वुहान जान लागेको र कुकुरले पासपोर्ट च्यातिदिँदा जान नपाएको बताएकी छिन् ।तर वुहानमा अहिले कोरोना भाइरसका कारण मानिसको आवतजावतमा रोक लगाइएको छ ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस