जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ बर्षपछि आफैं छोरामा परिवर्तन हुन्छन्…

सुन्दा पनि पत्यारै लाग्न नसक्छ । कुनै छोरी मान्छे पछि आफैं छोराकारुपमा परिवर्तन हुन्छ भनेर । हाम्रै विश्वको एउटा देश डोमिनिकन रिपब्लिकको सेलिनास भन्ने गाउँमा भने यस्तै हुन्छ । जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका भएपछि छोरा बन्ने गरेका छन् ।

छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षका पुग्दा शारीरिक तथा जैविक रुपबाटै छोरामा परिणत हुन्छन् र आमाबाबुले पनि छोरा या छोरी भनेर त्यतिबेला मात्रै पत्तो पाउँछन् ।
महिलाको जस्तो यौनांग लिएर जन्मिएका बच्चाको यौनांगको स्वरुप पनि बदलिएर पुरुषको जस्तै बन्ने यो अचम्मको घटना कुनै चमत्कार भने होईन । एउटा आनुवंशिक रोगका कारण यस्तो भएको हो ।

शिशुहरुमा गर्भमै रहेको बेला यो रोग लागेको हुन्छ रआनुवंशिक विकारका कारण भ्रुणलाई आवश्यक इन्जाइम प्राप्त हुँदैन । जसका कारण बच्चामा पुरुषको सेक्स हर्मोन नगन्य मात्रामा हुन्छ । बच्चाको लिंग यति छोटो हुन्छ की उनीहरु जन्मिँदा बच्चा छोरा हो की छोरी हो पत्ता लगाउनै गाह्रो हुन्छ ।

तर जब बच्चा १२ वर्ष पार गर्दछ उसको सरीरमा बल्ल सुसुप्त अवस्थामा रहेको यौनांग विकशित हुन थाल्दछ र पहिले स्त्री यौनांग जस्तो आकृति बल्ल पुरुष यौनांग जस्तो बन्दछ ।छोरी सोचेर सानोमा जामा लगाइदिएका बच्चाहरु १२ वर्ष पुगेपछि कपडादेखि लिएर सबै खाले व्यवहारमा परिवर्तन आउन गर्नुपनर्छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस