चीनसँग बढ्दो तनावको बीचमा अमेरिकाद्वारा ताइवानको आत्मरक्षाको लागि सहयोग गर्ने पुनः प्रतिबद्धता

वाशिंगटन— चीनसँग बढ्दो तनावको बीचमा अमेरिकाले ताइवानको आत्मरक्षाको लागि आफ्नो प्रतिबद्धता पुनः दोहो-याएको छ ।

ताइवानको आत्मरक्षा क्षमता बलियो बनाउन आवश्यक सैन्य उपकरण र सेवाहरू प्रदान गर्न जारी राख्ने वाचाअमेरिकाले गरेको छ।

युएस—ताइवान बिजनेस काउन्सिल (यूएसटीबीसी) द्वारा आयोजना गरिएको सम्मेलनमा अमेरिकाबाट यो प्रतिवद्धता आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले ताइवान सम्बन्ध ऐनलाई उद्धृत गर्दै ताइवानमा शान्ति र स्थिरता कायम राख्न ताइवानको रक्षा सुनिश्चित गर्नु महत्त्वपूर्ण भएकोमा जोड दिएको छ।

चीनको बारम्बार आपत्तिको बाबजुद संयुक्त राज्य अमेरिकाले ताइवानलाई आफ्नो हतियार बिक्री बेइजिङको दबाबमा नभई ताइवान सम्बन्ध ऐन र अन्य अमेरिकी कानुनद्वारा निर्देशित भएको बताएको छ।

बढ्दो अमेरिका–चीनमा जारी तनावको बीच चीनले हालै ताइवानलाई अमेरिकाले गरेको रक्षा सहयोगको बदलास्वरूप नौ अमेरिकी कम्पनीहरू विरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । यसमा ताइवानको वायु सेनाका लागि स्पेयर पार्ट्सको २२८ मिलियन अमेरिकी डलर बराबरको सहयोग पनि समावेश छ।

चीनले अमेरिकी सैन्य बिक्रीले चीनको सार्वभौमसत्तालाई कमजोर बनाउने कुरामा जोड दिएको छ ।

चीनले ताइवानमा कहिल्यै शासन नगरे पनि, उसले सैन्य र आर्थिक दबाब जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस