तिब्बतन युथ कंग्रेसद्वारा चीनले तिब्बतमा गरेको साँस्कृतिक नरसंहार विरुद्ध साइकल र्‍यालीको आयोजना

नयाँ दिल्ली— तिब्बतन युथ कंग्रेसले भर्खरै तिब्बतमा सांस्कृतिक नरसंहारको बारेमा चेतना जगाउन र चिनियाँ सरकारलाई अन्त्य गर्न माग गर्दै साइकल ¥याली आयोजना गरेको छ ।

तिब्बतन युथ कंग्रेसले भारतको देहरादूनबाट चण्डीगढ हुँदै साइकल र्‍याली निकालेको थियो। ५० जना साइकलयात्रीले ४०० किलोमिटरभन्दा बढी यात्रा गरी दिल्ली पुगेका थिए।

तिब्बतन युथ कंग्रेसका अध्यक्ष गोन्पो धुन्डुपले सेप्टेम्बर २४ मा देहरादुनबाट सुरु गरेको साइकल र्‍याली सेप्टेम्बर ३० सम्म चलेको बताए ।

तिब्बतको समर्थनमा बोल्न अन्तर्राष्ट्रिय समुदायलाई धुन्डुपले आग्रह पनि गरे ।

यसअघि सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र मानव अधिकार परिषद् को ५७औँ महाधिवेशनमा युरोपेली संघका प्रतिनिधिले एक विज्ञप्तिमार्फत तिब्बतमा मानवअधिकारको निरन्तर दयनीय अवस्थाको बारेमा आफ्नो चिन्ता दोहोर्‍याएका थिए ।

प्रतिनिधिले चीनले अनिवार्य बोर्डिङ स्कुलिङ र डीएनए नमूनाहरू सञ्चालन गर्दै आएकोले मानवअधिकारको अवस्था डरलाग्दो बन्दै गएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस