भारत र अमेरिकाद्वारा एआई र क्वान्टम टेक्नोलोजी अनुसन्धान परियोजनाहरूको लागि २ मिलियन भन्दा बढी अनुदान घोषणा

 

नयाँ दिल्ली— संयुक्त राज्य अमेरिका र भारतले सामाजिक भलाइका लागि कृत्रिम बुद्धिमत्ता (एआई) र क्वान्टम टेक्नोलोजीहरू अगाडि बढाउने उद्देश्यले संयुक्त अनुसन्धान परियोजनाहरूका लागि २ मिलियन अमेरिकी डलर भन्दा बढी अनुदानको घोषणा गरेका छन्।

यो घोषणा भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटी र सेठ सेन्टर, क्रिटिकल र इमर्जिङ टेक्नोलोजीका लागि भारतीय राज्य मन्त्री जितेन्द्र सिंह र अन्य शीर्ष अधिकारीहरूद्वारा आयोजित कार्यक्रममा गरिएको थियो।

कुल १७ परियोजनाहरू मध्ये ११ परियोजना एआईमा केन्द्रित र बाँकी ६ ओटा क्वान्टम टेक्नोलोजीहरूमा आधारित रहेको छ । प्रत्येक परियोजनाले लगभग १ लाख २० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। यी परियोजनाहरूको लक्ष्य एआई—सहायता मार्फत प्रारम्भिक चरणमा क्यान्सरको रोग पत्ता लगाउने र क्वान्टम कम्प्युटिङमा भएको प्रगतिलगायत महत्वपूर्ण सामाजिक चुनौतीहरूको सामना गर्ने हो।
यस बाहेक पनि दुई देशहरूले उन्नत सामग्री र महत्वपूर्ण खनिजहरूमा संयुक्त अनुसन्धानलाई सहयोग गर्न गर्न १ मिलियन अमेरिकी डलर बराबरको अनुदानको घोषणा गरेका छन् । यस घोषणाले विश्वविद्यालयहरू, राष्ट्रिय प्रयोगशालाहरू र निजी क्षेत्रहरूमा अमेरिकी र भारतीय अनुसन्धानकर्ताहरू बीचको सहकार्यलाई अझ गहिरो बनाउने लक्ष्य राखेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस