इघुर अमेरिकन एसोसिएसनद्वारा चिनियाँ जेलमा रहेका लेखकलाई तत्काल रिहा गर्न माग

भर्जिनिया—उइघुर अमेरिकन एसोसिएसनले प्रख्यात उइघुर लेखक याल्कुन रोजीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ।

यो माग रोजीकी छोरी, तुमरिस याल्कुन, जसले आफ्नो बुबाको रिहाइको लागि बिन्ती गरेकी एक भिडियो सन्देश सामाजिक सञ्जालमा राखेकी थिइन् । आफ्नो सन्देशमा उनले आफ्ना बुबालाई चिनियाँ सरकारले लगेको आठ वर्ष भएको उहाँको साहस र मायाले न्याय खोज्न र स्वतन्त्रताको लागि लड्न पनि मार्गनिर्देशन गरिरहेको बताइन्।

जनवरी २०१८ मा रोजीलाई चिनियाँ अधिकारीहरूले विभाजन र चरमपन्थी विचारहरू लाई बढावा दिएको आरोपमा १५ वर्षको जेल सजाय सुनाएका थिए। र

चीनले उइघुर मुस्लिम जनसंख्या विरुद्ध व्यापक रूपमा मानव अघिकार उल्लङ्घन गर्ने गरेको छ ।

एम्नेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाच लगायत विभिन्न मानवअधिकार संगठनहरूका प्रतिवेदनले चिनियाँ सरकारले पुनः शिक्षा शिविर भनेर सम्बोधन गरेको ठाउँमा १० लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम अल्पसंख्यकहरूलाई थुनामा राखेको छ ।

चीनले उइघुरहरुको पहिचान मेटाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस