हार्दिक बधाई ! रेखा थापाले समाजसेवी केटासँग लगनगाठोँ कस्दैँछिन् ?

काठमाडौं । रेखा थापाले समाजसेवी केटासँग लगनगाठोँ कस्दैँछिन् ? अभिनेत्री रेखा थापा अहिले आफ्नो नयाँ चलचित्र निर्माणको तयारीमा छिन् ।यसै क्रममा चलचित्र बजारमा रेखाको बारे एउटा हल्लाले तरंग सिर्जना गरेको छ ।

छविराज ओझासँग डिभोर्सपछि रेखा कसैसँग रिलेशनमा छैनन् । उनको लभ अफेयरको बारे समेत खासै कुरा मिडियामा आएको छैन ।देतर, अहिले आएको हल्ला साँ चो हो भने रेखाले छिट्टै बिहे गर्दैछिन् ।

रेखाले चलचित्र क्षेत्रभन्दा थोरैबाहिरको तर समाजसेवामा क्रियाशिल व्यक्तिसँग बिहे गर्ने रेखा निकट कतिपयले अनुमान गरेको बजारमा चर्चा छ ।लामो समयसम्म एकल जिवन विताउन गाह्रो भएकाले अब रेखा बिहे गर्ने मुडमा रहेको बुझिएको छ ।

तर, यी सबै बजारमा चलेका गसिप हुन् । यदि यो गसिप असाध्यै भरपर्दो हो भने रेखाले केहि वर्षभित्रै कसैको हातबाट सिन्दुर लगाउनेछिन् । र नयाँ जीवनको सुरूवात गर्नेछन् ।

यो पनि , ‘दर्पण छायाँपछि’ को पखाईमा निरुता

निरुता सिंहलाई हिटको ग्यारेन्टी दिने अभिनेत्री भन्ने गरिन्थ्यो । पोस्टरमा उनको अनुहार देखेको भरमा फिल्म हेर्न हलमा दर्शक झुम्मिन्थे । अझ भनौं, फिल्म चल्न उनको नामै काफी थियो । त्यसबेला हिरो बराबर स्टारडम बनाएकी उनले कयौं यादगार फिल्म दिएकी छन् । तर, नेपाली फिल्ममा राम्रो माग हुँदा हुँदै उनी अचानक अभिनय छाडेर सुटुक्क मुम्बई हानिइन् ।

१२ वर्षपछि बगेको खोला फर्किन्छ भनेझैँ निरुता पनि १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा फर्किइन् । यसमा उनको भूमिका छोटो भए पनि दर्शकले रुचाए । यसपछि उनले हरिवंश आचार्यको श्रीमतीको भूमिकामा फिल्म ‘दाल भात तरकारी’ मा काम गरिन् । यो फिल्ममा लाउड अभिनयका कारण आलोचित भएकी उनले दुई वर्षदेखि नयाँ फिल्म साइन गरेकी छैनन् ।

अब उनी आफ्नो करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ को सिक्वेल ‘दर्पण छायाँपछि’ मा काम गर्ने तयारीमा छिन् । उनले यो फिल्मलाई आफ्नो वास्तविक कमब्याक हुने बताएकी छन् । अभिनेता उत्तम प्रधानले क्याप्टेनसिप सम्हाल्न लागेको फिल्ममा उनीसँगै निरुता र दीलिप रायमाझीको मुख्य भूमिका रहनेछ । फिल्मको कथा पनि उत्तमले नै तयार पारेका छन् ।

कोरोना महामारीका कारण फिल्मको छायांकन सुरु हुन नसकेको निरुताले बताएकी छन् । शनिवार नेफ्टा अवार्डमा फिल्मको बारेमा उनले भनिन्, ‘कोरोना नभएको भए फिल्मको छायांकन सुरु नै भइसक्थ्यो । नेपाल-भारत बोडर सिल भएका कारण, त्यो खुलेपछि छायांकन थाल्नेछौं ।’ ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुने फिल्मलाई उत्तर र निरुताले मिलेर निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस