पाकिस्तानमा दुई चिनियाँ नागरिकमाथि गोली प्रहार

कराँची— पाकिस्तानको व्यापारिक केन्द्र कराँचीमा रहेको कपडा कारखानामा काम गर्ने एक निजी सुरक्षा गार्डले गोली चलाउँदा दुई चिनियाँ नागरिक घाइते भएका छन् । । आफ्ना नागरिकहरूको लागि सुरक्षा सुधार गर्नुहोस्।
कराचीको औद्योगिक क्षेत्रमा रहेको कारखानाको साइटमा प्रहरीको ठूलो टोली तैनाथ गरिएको थियो,

र फोरेन्सिक टोलीहरू परिसरमा प्रवेश गरी घेराबन्दी गरेका थिए । उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन।
प्रहरी अधिकारी फैजान अलीले चिनियाँ नागरिकलाई गोली हानिएको बताए पनि थप विवरण दिन नचाहेको रोयटर्सले उल्लेख गरेको छ ।

एक प्रहरी अधिकारीले नाम न छाप्ने सर्तमा सुरक्षा गार्डले गोली चलाएको रोयटर्सले उल्लेख गरेको छ ।

दक्षिणी बन्दरगाह सहरको लियाकत नेश्नल अस्पतालका प्रवक्ताले दुई पीडितको उपचार गरिरहेको र एकको अवस्था गम्भीर रहेको बताएका छन् ।

गत महिना दुई चिनियाँ इन्जिनियरको ज्यान जाने गरी कराँचीको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको बम विष्फोट गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस