वासिङ्टन— अमेरिकाले चीनका थप ३७ कम्पनीहरूले गरेको उत्पादनको आयातमा प्रतिबन्ध लगाउँएको छ । अमेरिकाले यी कम्पनीहरुमा उइघुर समुदायलाई जबरजस्ती श्रममा राखेको भन्दै आयातमा प्रतिबन्ध लगाएको छ । जबरजस्ती श्रम मानव अधिकार उल्लङ्घन हो ।
नयाँ सूचीमा समावेश प्रमुख कम्पनीहरू मध्ये, विश्वकै ठूलो कपडा उत्पादक कम्पनीहरू मध्ये एक हुआफु फेसन कम्पनी र यसको २५ सहायक कम्पनीहरू छन्। अमेरिकी सरकारले यी कम्पनीहरूलाई चीनको कपास उद्योगमा जबरजस्ती श्रमसँग सम्बन्धित रहेको आरोप लगाएको छ।
यी कम्पनीहरूलाई उइघुर जबरजस्ती श्रम रोकथाम ऐन अन्तर्गतको सूचीमा समावेश गरिएको छ। यो सूचीमा रहेका कम्पनीहरूलाई मानव अधिकार उल्लङ्घन र जिन्जियाङ उइघुर स्वायत्त क्षेत्रको मानव नरसंहारको कारण आयात प्रतिबन्ध लगाइन्छ।
अमेरिकी अधिकारीहरूले चीनले जिन्जियाङमा उइघुर र अन्य जातीय तथा धार्मिक अल्पसंख्यकका लागि बन्दी शिविर स्थापना गरेको आरोप लगाएका छन्। तर, चीनले यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ।
प्रतिबन्धित कम्पनीमा हुआफु फेसन कम्पनी का अलावा डोङहाई जेए सोलार टेक्नोलोजी कम्पनी र होङयुआन ग्रीन इनर्जी कम्पनी रहेका छन ।
यसरी अमेरिकाद्वारा प्रतिबन्धित चिनियाँ कम्पनीको कम्पनीहरूको संख्या १४४ पुगेको छ।