भारतको उत्पादन पीएमआइ ६ महिनाको उच्च विन्दुमा, माग मजबुत

 

नयाँ दिल्ली: डिसेम्बरमा वृद्धिमा केही गिरावट आएपछि, भारतीय वस्तु उत्पादकहरूले २०२५ को सुरुआत मजबुत रूपमा गरेका छन्।

पछिल्लो जुलाईयता सबैभन्दा तीव्र गतिमा नयाँ मागहरू वृद्धि भएको छ, जुन लगभग १४ वर्षयताको सबैभन्दा उच्च निर्यात वृद्धिद्वारा प्रेरित भएको देखिन्छ। यसै कारण, उत्पादनमा समेत बलियो विस्तार भएको एचएसबीसी भारत उत्पादन खरीद प्रबन्धक सूचकांक (पीएमआइ) को जनवरी महिनाको रिपोर्टले देखाएको छ।

“भारतको अन्तिम उत्पादन पीएमआइ जनवरीमा ६ महिनाको उच्च विन्दुमा पुगेको छ। घरेलु तथा निर्यात माग दुवै मजबुत रहँदा नयाँ मागहरूमा वृद्धि भएकाे हाे।

लागत दबाब ११ महिनायताकै न्यून तहमा झरे तापनि, बलियो मागका कारण बिक्री मूल्य मजबुत रूपमा बढेको देखिन्छ। मासिक पीएमआइ रिपोर्टका अनुसार, डिसेम्बरको ५६.४ अंक (एक वर्षयताको न्यूनतम) बाट वृद्धि भई जनवरीमा ५७.७ पुग्दा, उत्पादन क्षेत्रमा उल्लेखनीय सुधारको सङ्केत मिलेको छ।

पीएमआइ सूचकांक ० देखि १०० को बीचमा हुन्छ, जसमा ५० भन्दा माथिको मूल्यले वृद्धि देखाउँछ भने, ५० भन्दा तलको मूल्यले गिरावट देखाउँछ।

कम्पनीहरू उत्पादन सम्भावनाप्रति अझ आशावादी देखिए, जहाँ झन्डै ३२ प्रतिशत फर्महरूले वृद्धि हुने अपेक्षा गरे भने मात्र १ प्रतिशतले गिरावट हुने अनुमान गरे। मासिक सर्वेक्षणअनुसार, मजबुत बिक्री वृद्धिदर र सकारात्मक पूर्वानुमानले चौथो आर्थिक त्रैमासको सुरुआत (जनवरी–मार्च) मा कम्पनीहरुले थप श्रमिकहरू राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस