रड खरिदमा यसरि हुन्छ नेपालमा ठगि धन्दा, बर्षौदेखि ठगिंदै उपभोक्ता

डौं। संसारभर स्टिल (रड) मिटरले नापेर बेचिँदै आएको छ । तर, त्यही रड नेपालमा भने बर्षौदेखि किलोग्राम (केजी)मा जोखेर बिक्री हुँदै आएको छ।

युरोपका सबै मुलुक, अमेरिका, जापान, मलेसिया, कतार, दुवईलगायतका खाडी मुलुकमा रड मिटरले नापेर बेचिने गरे पनि नेपालमा किलोमा जोख्दा बर्षदेखि उपभोक्ता ठगिँदै आएका छन्।

मिटरले नापेर स्टिल बेच्दा उपभोक्ता ठगिने सम्भावान हुँदैन । किनभने उपभोक्ताले घरमा लगेर पनि नाप्न सक्छ । तर, केजीमा किनेर लगेको रड पुन जोख्न कठिन हुने स्वयम् व्यापारीहरु नै बताउँछन्।

‘२०० ३०० केजीको एउटै मुठो हुन्छ,’ एक व्यापारीले भने, ‘त्यसलाई पुन जोख्ने सम्भावना अत्यन्तै कम हुन्छ । व्यापारीले जे जति केजी भन्यो, त्यसैलाई विश्वास गर्नुपर्छ।’

‘मानौ, व्यापारीले ९९ केजीको एउटा मुठोलाई १०० केजी रहेको बिल बनायो भने कसले फेरी जोख्न सक्छ ?’ ती व्यापारीले भने, ‘अहिले बिल बढि बनाउने तर, रड कम दिने प्रचलन वर्षदेखि चल्दै आएको छ।’

अत्यधिक तौल हुने भएकाले त्यसलाई घर लगेर जोख्ने सम्भवाना हुँदैन । व्यापारीले जति केजी छ भनेर बिल बनाउँछ । त्यसैलाई विश्वास गर्नुको अर्को विकल्प हुँदैन्।

विश्वमा जसरी नेपालमा पनि रडलाई मिटरमा नापेर बेच्ने प्रावधान बनायो भने उपभोक्ताले घरमा लगेर पुन नाप्न सक्छ । यस्तो हुँदा यदि व्यापारीले भने जति मिटर रड दिए/नदिएको थाहा हुने र कम मिटर दिएर बढी पैसा लिने व्यापारीलाई कारबाहीको दायरामा ल्याउन सकिने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए।

‘अहिले किलोमा बेचिन्छ । रड एक केजी वा १० केजी किन्ने भन्ने हुँदैन । एकैचोटि एक सय देखि २ सय केजीसम्म रड किनिन्छ । तर, त्यो तोकिएको परिमाण छ कि छैन भन्ने केही ग्यारेन्टी हुँदैन्,’ उनले भने, ‘त्यही भएर सरकारले नेपालमा पनि मिटरले नापेर रड बिक्री गर्ने प्रावधान ल्याउने हो भने उभपोक्ताहरु ठगिनबाट जोगिन्छन्।’

व्यापारीका अनुसार भारत, बंगलादेश र नेपालमा मात्रै केजीमा जोखेर रड बिक्री गर्दै आएका छन् । ती बाहेकका अन्य मुलुकले वर्षदेखि मिटरले नापेर रड बिक्री गर्ने गरेको उनीहरुको भनाइ छ।

उपभोक्ताकर्मी तिमिल्सेनाका अनुुसार यदि मिटरले नापेर रड बेच्ने प्रावधान हुने हो भने इञ्च टेपले आफैले घरमा नाप्न सक्ने अवस्था हुन्छ । तर, केजीमा लगिएको रड न घरमा लगेर जोख्न सकिन्छ ?

Source-news25daily

प्रतिक्रिया दिनुहोस