१० लाइनहरु, जसले तपाईको मन छुनेछ

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. जसले तिमी सामु अरुको कुरा काटिरहेको हुन्छ, त्यतिनै बेला तिमी यो पक्का हुनु कि उसले अरुको अगाडी पनि तिम्रो कुरा काटिरहेको हुन्छ ।

२. दुनियाको हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ तर एउटा सफलता मात्र यस्तो चीज हो जुन ठक्कर खाएर मात्र मिल्ने गर्छ ।

३. समझदार बन्नु छ भने अरुको गल्ती बाट सिक, यदि आफैमाथी प्रयोग गर्न थाल्यौ भने त तिम्रो पुरै जिन्दगी पनि कम हुनेछ ।

४. लड्नु छ भने आफ्नै कमजोरी संग लड, अरुसंग होइन किनकि सफलता आफैमाथी गरिने प्रयासले मिल्ने हो, अरुको हारले होइन ।

५. कुनै पनि गल्ती मान्छेले दुइ पटक गर्न सक्दैन र यदि गर्छ भने त्यो उसको गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु ।

६. एक मिनेटमा जीवन बदलिदैन तर एक मिनेटमा लिएको निर्णयले तिम्रो पुरै जीवन बदलिन सक्छ, त्यसैले कुनै पनि निर्णय हतारमा नलिनु ।

७. जसरि रातले चन्द्रमालाई चम्किन सिकाउछ त्यसैगरी दुख र संघर्षले मान्छेलाई बुझ्न सिकाउछ ।

८. सधै त्यो मान्छेहरु संग नबस जसले तिमीलाई खुशी पार्ने गर्छन्, कहिले काही ति मान्छेहरु संग पनि बस जसले तिमीलाई पाएर खुशी हुने गर्छन् ।

९. आशु झरेको बेला हातको दश औला भन्दा त्यो एउटा औला खास हुन्छ जसले आशु पुछ्ने गर्छ, त्यसैगरी सफलतामा ताली बजाउने हजारौ हातहरु भन्दा दुखको बेला साथ् दिएको त्यो एउटा हात नै खास हुन्छ ।

१०. एउटा सानो कमिलाले तिम्रो खुट्टामा टोक्न सक्छ तर तिमीले कमिलाको खुट्टामा टोक्न सक्दैनौ । त्यसैले जीवनमा कसैलाई पनि सानो नसम्झनु किनकि हुनसक्छ जुन काम तिमी गर्न सक्दैनौ त्यो अरु कसैले गर्न सक्छ होला ।

प्रतिक्रिया दिनुहोस