आज साउन १५ खिर खाने दिन !

काठमाडौं। आज साउन १५ अर्थात खीर खाने दिन शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर मनाइँदै छ ।सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ ।असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ । ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ ।

दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । खीरले रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ । गोठ धुुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ ।आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुुणका छन् । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ ।

ती सबै वस्तुमा औषधीय गुुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ । खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ । अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिन चिकित्सकहरु बताउँछन् ।वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ ।

प्रतिक्रिया दिनुहोस