सम्पत्ति शुद्धीकरण निगरानी गर्न युएईले संचालन गर्‍यो नयाँ कार्यालय

अबू धाबी । संयुक्त अरब एमिरेट्स (युएई) ले सम्पत्ति शुद्धीकरण, आतङ्कवाद सम्बन्धि आर्थिक क्रियाकलाप बिरुद्ध निगरानी गर्न कार्यकारी कार्यालय स्थापना गरेको छ ।
कार्यालयले युएर्इमा राष्ट्रिय सम्पति शुद्धीकरण र आतंकवादलाई वित्तिय सहयोग गर्ने जस्ता वित्तिय अपराध बिरुद्धका अन्तर्राष्ट्रिय व्यबस्थाहरुको कार्यन्वयन भए–नभएको निगरानी गर्ने बताइएको छ ।

कार्यालयको महानिर्देशक हमिद अल जाबी नियुत्तm भएका छन् । उनले ससम्पत्ति शुद्धीकरण, र आतङ्कवादको वित्तिय गतिबिधिबारे माथिल्लो निकायहरुमा जानकारी दिनुपर्ने प्रावधान राखीएको छ।

युएर्इले विश्व वित्तिय गतिबिधिलाई अत्यन्त गम्भिर रुपमा निगरानी र अनुशन्धान गर्ने कदम अघि सारेको महानिर्देशक अल जाबीले बताए। विश्वमा बढीरहेको अबैध वित्तिय गतिबिधि लाई रोक्न युएईले महत्वपूर्ण कदम चालेको उनले बताए । यो कार्यालय युएर्इमा वित्तिय गतिबिधिको निगरानीका लागि उच्च राजनीतिक प्रतिबद्धताको रुप रहेको पनि उनले बताए । स्रोतः एम डेलीहन्ट

प्रतिक्रिया दिनुहोस