सुनको भाउ बढेको बढ्यै, आजपनि प्रति तोला १ हजारले बढ्यो

काठमाडौँ, २३ साउन । आज शुक्रबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । बिहीबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एक हजारले बढेर १ लाख ३ हजार ५ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ आज तोलाको १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८८ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८८ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस