अचम्म ! मानिसको टाउकोमा सिंग पलाएपछि…

मानिसको सिंग हुँदैन, यो सबैलाई थाहा भएको विषय हो । यो प्राकृतिक कुरा पनि हो ।

सिंग केही जिवजन्तुहरुको मात्र हुन्छ । सिंगले जनावरलाई बाहिरी आक्रमणको प्रतिकार गर्न मद्दत गर्दछ । तर के तपाईले कुनै मानिसको सिंग देख्नुभएको छ ? पक्कै छैन होला । किनकी मानिसको सिंग हुँदैन ।

साना नानीहरु तथा केही जात्रा, मेला वा सांस्कृतिक कार्यक्रममा युवाले बत्ति बलेको प्लाष्टिकको कृत्रिम सिंग लगाउने गर्दछन् । मानिसको सिंग नहुनु कुनै नौलो कुरा होइन, तर कोही मानिसको सिंग छ भन्यो भने तपाई पत्याउनु हुन्छ ? पक्कै पत्याउनु हुन्न ।

भारतको मध्य प्रदेशको सागर जिल्लामा रहेको रहली गाँउमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउको सिंग पलाएको थियो । कुनै जनावरको सिंग झै बलियो र कडा श्यामलालको सिंग चार इञ्च भन्दा ठूलो थियो ।

श्यामलालका अनुसार ५ बर्ष पहिले टाउकोमा चोट लागेसंगै पलाउन शुरु गरेको सिंग विस्तारै ठूलो हुँदै गएको थियो । टाउको सिंग पलाएसँगै श्यामलाल शुरुवातमा निकै डराएका थिए । उनले पलाएको सिंग काट्ने निकै प्रयास गरे तर काट्दा पनि केही समयमा सिंग पलाएर आइहाल्थ्यो ।

सिंग काट्दा पनि नजाने तथा बढ्दै गएपछि श्यामलालले केही वर्ष निकै कष्टपूर्ण जीवन भोग्नुपर्याे । उनी सिंग पलाउने समस्या लिएर चिकित्सककोमा समेत पुगे । तर उनको टाउको सिंग देख्ने बित्तिकै धेरै चिकित्सक डराए र उपचार गर्न नसक्ने बताए । केही चिकित्सकले भने सिंग हटाउन निकै महंगो शुल्क लाग्ने बताए ।

श्यामलालसँग पर्याप्त रकम नभएका कारणले उनले सिंग पलाउने समस्या सहनुपर्याे । तर श्यामलालको समस्या थाहा पाएपछि सागर शहरको भाग्योदय नामक अस्पतालका चिकित्सकले उनको सिंग अप्रेसनको माध्यमबाट हटाउन सकिने बताए ।

केही दिन अघि सोही अस्पतालका चिकित्सकको टोलीले उनको सिंगको अप्रेसन गरी त्यसलाई जरैबाट हटाइदिए ।

प्रतिक्रिया दिनुहोस