शिव मन्दिरमा मन्दिरमा भेटियो अनौठो चमत्कारीक सर्प ! हेर्ने मानिसको घुइंचो तपाई पनि एक पटक अबस्य हेर्नुहोला ।

भालुवाङ्ग प्यूठान रोल्पा सडक खण्डको लालमटिया—३ बगासोतीमा रहेको बगासोती अर्थात् शिव मन्दिरमा केहि दिन पहिले फेला परेको नाग हेर्न आउनेको भिड बढ्न थालेको छ ।

गत फागुन ५ गते शिवरात्रीका दिन एकाएक करिब बिहान ८ बजे मन्दिर छेउमा नाग फेला परेको थियो । उक्त नागलाई मन्दिरका पुजारीले पहिले त डराएर लठ्ठी कोट्याए तर सर्प टसमस पनि नगरे पछि उक्त सर्पलाई पुजारीले शिवको मन्दिरमा ल्याएर राखेका थिए ।

करिब १ मिटर लामो र कालो खैरो रङ्गको रहेको उक्त सर्प अहिले सम्म पनि मन्दिरमा नै बसी रहेको देख्दा सर्प हेर्न जाने जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् । सर्पलाई सबैले नजिकैबाट पुजा आजा गर्दा र छुँदा समेत कसैलाई पनि नडस्ने र दुध खाई मन्दिरमै बसी रहेको देख्न सकिन्छ ।

नागले साँझ र विहान गाईको दुध पिई मन्दिरमै बस्ने गरेको मन्दिरका पुजारी आनाराम पण्डितले जानकारी दिए । यो मन्दिरको पुजारी भएको आज करिब १५–२० वर्ष भयो, उमेरले पनि म ७० वर्षको भई सकेँ तर यस्तो अच्चमको नाग देखेको थिएन पण्डितले बताए । मान्छेलाई देख्दो छुँदा समेत केहि नगर्ने र दिन रात मन्दिरमै बसीरहने यस्तो अच्चमको सर्प जीवनमा पहिलो पटक देखेँ ।

पक्कै पनि यो कुनै दैव अवतार होला उनले भने । मैले सपनाहरुमा त नागको दर्शन पाउथेँ तर आज साक्षात् रुपमै नागदेवताको दर्शन पाएँ । उनले हर्षित मुद्रामा भने अब त स्वर्ग जान पाउने भएँ ।

महिनावारी भएको बेला महिला कामदारलाइ तिनदिन बिदा सहित तलव दिने सरकारको तयारी!

सरकारले कामकाजमा रहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । सरकारले महिनावारीका समयमा महिलाहरुलार्इ तीन दिन विदा दिने तयारी गरेकाे हाे ।

तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएकाे बताइएकाे छ । उक्त विधेयक पास भएमा सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको समयमा तीन दिन तलब सहितको विदा दिनुपर्नेछ ।

व्यवसायिक एवं कामकाजी महिलाका संघसंस्थाहरुले उक्त विधेयककाे स्वागत गरेका छन् भने स्थानीय सञ्चार माध्यमहरुले सरकारको कदमको खुलेरै प्रशंसा गरेका छन् । लोककल्याणकारी शासन व्यवस्था भएका विश्वका धेरै मुलुकहरुले महिलालाई ६ महिना सुत्केरी विदा दिँदै आएका छन् ।

इटालीले भने त्योभन्दा अघि बढ्दै महिलाहरुलाई महिनावारी विदाको कानून ल्याउने तयारीमा लागेको हो ।

गत मार्च १३ मा सत्तारुढ डेमोक्रेटिक पार्टीका महिला सांसदहरुले संसदमा दर्ता गराएको उक्त बिदा सम्वन्धि विधेयक आगामी महिना पारित हुने अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । चीनका केही प्रान्त, जापान, दक्षिण कोरिया लगायतका केहि मुलुकहरुले यसअघि नै आफ्ना महिला कामदारका लागि महिनावारीमा विदा दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस