माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि प्रचण्ड बालुवाटार पुगे

नेकपामा चर्किएको बिवाद मिल्ने काँटछाट नै छैन । जनता कोरोना कहरमा परेर तनावमा रहेको बेला सरकार भने नेकपाको बिवाद मिलाउन नै व्यस्त देखिन्छ ।

स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद झन चुलिएको छ । राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित भइरहेको छ ।

लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उक्त्त भेटवार्ताले नेकपामा केहि नयाँ खिचडी पाक्दैछ कि भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि हुँदै आएको छ । बुधबारको एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीमा नयाँ परिवर्तन देखिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस