बिचित्र संसार हनिमूनकाे एकै रातमा श्रीमानले के गरे त्यस्ताे जहाँ श्रीमतीले दिइन् श्रीमानसँग सम्ब’न्धवि’च्छेदको निवेदन…

संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्ब’न्धवि’च्छेदको निवेदन दिएकी छिन् ।

खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमूनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्ब’न्धवि’च्छेद गर्न अदालतमा निवेदन दिएकी छिन् ।महिलाले अबू धाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्ब’न्धवि’च्छेदको निवेदन दिएकी हुन् ।

उनको विवाह भएको तीन हप्तामात्रै भएको छ । महिलाका अनुसार उनका इरानियन श्रीमानले हनिमुनमा एक दिरहाम (यूएइको मुद्रा) खर्च नगरेका कारण आफूले सम्ब’न्धवि’च्छेदको निवेदन दिनुपरेको हो । उनका श्रीमानले घर खर्चमा लाग्ने सबै रकम, बत्ती–पानीको बिल सबै उनलाई नै तिराउने गरेको दाबी गरिन् ।

उनले हाम्रो विवाहमा एक सुक्का पनि खर्च गरेनन्, उनले अदालतलाई भनिन् । सम्ब’न्धवि’च्छेद पाउन ती महिलाले आफ्नो सबै अधिकार त्याग्न तयार भएको बताइन् । यता महिलाभन्दा १३ वर्ष कान्छा उनका श्रीमानले भने आफ्नो नीजि कागजात सबै हराएकाले श्रीमतीलाई आफ्नो नाममा बिल भुक्तानी गर्न लगाएको बताए ।

ती महिलाले घरका लागि चाहिने दराज, खाट, सोफालगायतका सबै आवश्यक सर–सामान किनेपनि त्यसको प्रशंसा गर्नुको साटो श्रीमानले आफूलाई उपेक्षा गर्न थालेको बताइन् । उनीहरुको वैवाहिक सम्बन्धमा फाटो ल्याउने यो पनि एउटा कारण हो ।

प्रतिक्रिया दिनुहोस