यी हुन भ्यालेन्टाइन डेमा श्रीमती रितालाई आफ्नो मृ’गौला उपहार दिने श्रीमान विनोद

काठमाडौं। भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा जोडीहरु आफ्ना श्रीमान, श्रीमती, प्रेमी वा प्रेमिकालाई विभिन्न उपहारहरु दिन्छन् । तर, एक जना श्रीमानले आज श्रीमतीलाई आफ्नो मृगौला

उपहार दिएर श्रीमतीको जीवन बचाउँदैछन् । समाचार एजेन्सी एएनआइका अनुसार भारतको गुजरात राज्यको अहमदाबादका विनोद पटेलले प्रणय दिवस अर्थात फेब्रुअरी १४ का दिन श्रीमती रितालाई आफ्नो मृगौला दान दिँदैछन् ।

रोचक त के भने उनीहरुको बिहेको एनिभर्सरी पनि आज नै हो । आज उनीहरु विवाहको २३ औं एनिभर्सरी मनाउँदैछन् । रिता पटेल अटोइम्युन किड्नी डिस्फंक्सन नामको समस्यासँग जुधिरहेकी छिन् र विगत ३ वर्षदेखि उनको उपचार भइरहेको छ ।

उपचारपछि पनि रिताको मृगौलाको समस्या ठिक हुन सकेको छैन । उपचारबाट ठिक नभएपछि विनोदले श्रमितीलाई आफ्नो मृगौला दिने निर्णय गरे । जाँचमा विनोदको मृगौला रिताको लागि मिल्ने प्रस्ट भयो ।

जाँचमा सबै ठिक पाइएपछि विनोदले प्रेमको प्रतीकस्वरुप श्रीमतीलाई १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका दिन मृगौला दिने निर्णय गरेका थिए । आज विनोदको मृगौला निकालेर रिताको शरीरमा प्रत्यारोपण गरिँदैछ । रिताको उमेर ४४ वर्ष छ र गत महिना उनको डायलासिस पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस