अविवाहित महिलाको संख्या बढेपछि दुईवटी श्रीमती बिहे गर्ने पुरुषलाई सरकारले भत्ता दिने !

अविवाहित महिलाहरुको संख्या बढेसंगै २ श्रीमती विवाह गर्ने पुरुषलाई सरकारले भरपूर सुविधा दिने भएको छ ।नेपालमा भने दुई श्रीमती विवाह गर्ने पुरुषले अनेकौ कानुनी झमेला सहनु पर्ने कानुन बनेको बेला संयुक्त अरब इमिरेट अर्थात युएइमा भने सरकारले नै घरभाडा सहित अतिरिक्त सुविधा दिने भएको छ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविवाहित महिलाहरुको संख्या घट्ने अनुमान गरिएको छ ।दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस