यी हुन करोडको र’क्सीले नुहाउने महिला

एजेन्सी, २७ साउन । विश्वमा मान्छे पिच्छे फरक इच्छा र शौख रहेका हुन्छन् । कसैको शौख सुन्दा हामीलाई पत्यार नलाग्न सक्छ । त्यस्तै पाकिस्तान मुलकी बेलायती अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियाको पनि शोख अलि विन्न रहेको छ ।

उनी नुहाउनका लागि मात्र प्रत्येक दिन २०–३० बोत्तल स्याम्पेन नामको र’क्सी बाथटपमा खन्याउँछिन् । त्यो एक बोतल स्याम्पेनको बजार मूल्य कम्तिमा सात हजार रुपैयाँ पर्छ । यसलाई हिसाव गर्दा उनले नुहाउनकै लागि दैनिक कम्तिामा तीन लाख रुपैयाँ खर्च गर्छिन् । यसलाई महिनाको हिसाव गर्दा करिव १ करोड हुन आउँछ ।

यतिमात्र होइन, कमालियाले आफ्नो शानसौकत देखाउनकै लागि २०/२२ जना काम गर्ने मान्छे राखेकी छिन् । जसको खर्च दुई करोड भन्दा बढि छ । उनी ६४ लाख रुपैयाँ पर्ने हिरा जडिएको घडी लगाउँछिन् । उनको विभिन्न स्थानमा १० वटा घर र प्राइभेट जेट छ ।

प्रतिक्रिया दिनुहोस