आमा बुबाका ह ,त्याको ब,द्ला लिन एक्लै ल डिन् यी अफ,गानी कि’शोरी

एजेन्सी – अफगानिस्तानमा १६ वर्षीया किशोरीले आफ्ना आमाबुबाको हत्या गर्ने तीन तालिवानी लडाकुलाई मारिदिएकी छन् । आफ्ना आमाबुबाको हत्या गर्ने तीन तालिवानी लडाकुलाई उनी एक्लैले गोली हानी मारिदिएकी हुन् ।

घोर प्रान्तको जिरिभे गाउँ पसेकामध्ये ३ जनाले उनका आमाबुबाको हत्या गरेका थिए । त्यसपछि उनले ती तीन जनालाई गोली हानि मारिदिइन् ।

तीन जना लडाकुलाई मार्ने किशोरीको नाम कमार गुल हो । जुलाई १७ मा लडाकुहरू उनको घरमा आउँदा उनी आमाबुवा र भाइसँग सुतिरहेकी थिइन् ।

बेलायती पत्रिका द गार्डियनका अनुसार राति १ बजे उनीहरूको घरमा पुगेका लडाकुहरूले गुलका आमाबुबाको गोली हानी हत्या गरे । पछि गुलले बुवाको राइफलले ती विद्रोहीलाई मारिन् ।

सो भिडन्तको बेला गुलका भाइ पनि उनिसँगै रहेको बताइएको छ । अफगानी अधिकारीहरूले अहिले कमार गुल र उनका भाइलाई सुरक्षित स्थानमा लगिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस