तिजको ब्रत पछी श्रीमती निकिता पौडेलको ब्रत तोड्दै रवी लामिछाने (तस्विरहरू)

काठमाडौँ । हिन्दु महिला दिदीबहिनीहरुले निराहार व्रत बसी हरितालिका तीज शुक्रबार मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तिजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दी’र्घायुको कामना गर्दै ब्रत बस्ने चलन छ ।

तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आ’रधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्य’स्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र नि’षेधाज्ञाका कारण व्रत बस्नेदेखि गरिने क्रि’याकलापमै अ’सर परेको छ । 

संक्रमण फै’लन सक्ने भन्दै यस्तो बेला भी’ड जम्मा गरेर हासी खुसी गर्दै नाच गान रमाइलो गर्नु उ’चित नहुने धर्मशास्त्रविद् बताएका छन् । यस्तो विषम परिस्थितीमा ज्यानै जो’खिम राखेर व्रत बस्ने, मन्दिर जाने, मान्छे जम्मा गरेर रमाइलो गर्ने भन्दा पनि आफ्नो घरमा नै बसेर भगवानलाई मनले सम्झन धार्मिकशास्त्रविद्ले बताएका छन् ।हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन त’पस्या गरेकी थिइन् ।

आफुले त’पस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर नि’राहार ब्रत बसिन् । यसरी पार्वती नि’राहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दु नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । हाम्रो समाजमा तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दि’र्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् ।

विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् ।दिनभरी व्रत बसेर साझमा भगवान शिवको आ’राधना गरेर गीत तथा नाचगान गर्ने चलन रहेको छ । घरमा महिलाले भोगेका दुख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन रहेको छ । यसरी छिमेकमा दिदी बहिनी जम्मा भएर रमाइलो गर्छन् । जन्मघर र आफ्ना आमा बुबा दाजु भाई दिदी बहीनी छाड्न बा’ध्य नारीहरुले यस दिन वर्ष भरीको सबै दुख बि’र्सीएर रमाउने गर्छन् ।हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथ लगायत विभिन्न शिवालय सुनसान हुने भएका छन् ।

अघिल्ला वर्षहरुमा भक्तजनहरुको घु’इँचो लाग्ने मन्दिर कोरोना भाइरसको म’हामारीका कारण ब’न्द छन् । नित्य पुजा बाहेक अन्य पुजा जा त्यहाँ भएका छैनन् ।दियो कलश गणेश थापी माझमा थालीमा शिव पार्वति सम्झेर साँझ हरितालिकाको पुजा लगाउने चलन छ । तिजको ब्रत भने भोलिपल्ट गौदान र पुर्णपात्रो गरेपछि मात्र पुर्ण हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस