मनकारी इशा गुरुङको पहलमा फलफुल बेच्ने आमालाई बिदेश बाट आयो यति ठुलो सहयोग।।

भर्खर मात्र सामाजिक संजालमा निकै नै भाइरल बनिरहेको थियो एउटा भिडियो। भिडियोमा एकजना बुढी आमा ठेलामा फलफुल बेच्दै हुनुहुन्थ्यो; त्यतिनैबेला नगर प्रहरी आएर ती आमाको ठेला र फलफूल सबै गाडीमा लोड गरेर लग्यो ।

सम्पत्तिको नाममा भएको एउटा सानो व्यापार पनि प्रहरीले उठाएपछि आमा रुँदै भक्कानिनु भयो । उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि संसारभरी नगरप्रहरी विरुद्ध आलोचना भयो ।

तर पनि सामाजिक संजालले कति बेला कस्को भाग्य बदली दिन्छ थाहा नै नहुने। प्रसङ्ग त्यही नगरपालिकाले गाडा अनि सामान समेत उठाएर लगेको सुकेधारा बसोबास गर्दै आउनु भएको मन्जरी आमा को भिडियो आए लगतै समाजिक संजाल बाट इशा गुरुङ को माध्यम बाट अहिले सम्म रु ५,००,००० (पाँच लख) सहयोगआइसकेको छ आमाको लागि।
स्रोत:- इशा गुरुङको फेसबुक वालबट

प्रतिक्रिया दिनुहोस