४४४ किलो वजन भएको युवक आफूलाई सुहाउँदो श्रीमतीको खोजीमा

एजेन्सी । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको ४४४ किलो वजन भएको शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । ४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव समेत अस्वीकार गरिसकेका छन् ।

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।

परिवार त अझ अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । साथै युवतीलाई राम्रो खाना बनाउन आउनुपर्छ । हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा खान्छन् ।

प्रतिक्रिया दिनुहोस