अनौठो स्थान जहाँ ८० रुपैयाँमा नै घर किन्न पाइन्छ

एजेन्सी । मानिसले एउटा घरका लागि आजिवन संघर्ष गर्नुपर्छ । नेपालमा कतिपय मानिसहरुले घर बनाउने सपना देख्दा देख्दै संसारबाट बिदा भएका कैयौँ उदाहरणहरु छन् । बढ्दो महंगीका कारण घर बनाउन हिजोआज धेरैका लागि असम्भव जस्तै बनेको छ । तर इटालीमा ८० रुपैयाँमा घर किन्न सकिन्छ । जुन कुरा सुन्दा झट्ट पत्यार लाग्दैन ।

इटलीको द्धिप सिसिलीमा भएको एक नगर परिषद विदेशीन लागेका मानिसहरुलाई रोकी संबुका गाउँमा बस्न सहयोग गरीरहेका कारण यहाँ एउटा घरको मुल्य १ युरो वा ८० रुपैयाँ तोकिएको छ ।

संबुका गाउँमा घट्दै गएको जनसख्या र आवादीलाई मध्य नजर गर्दै यस्तो योजना ल्यााएर जनसंख्या बढाउने काम गरिएको हो । ५८ सय जनसख्या भएको उक्त स्थानमा पत्रकार, लेखक, संगीतकार, र राम्रा मानिसहरुले घर खरिद गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस