अचम्म ले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो हेर्नुहोस्?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला नौँ सय रुपैयाँले बढेको सुन आज तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। अघिल्लो साता लगातार बढिरहेको सुनको भाउ आज साताको पहिलो दिन भने केही घटेको हो।

प्रतिक्रिया दिनुहोस