अनुहारको दाग धब्बा हटाएर अनुहार चम्किलो र गोरो बनाउने घरेलु उपाय

काठमाडौं । अनुहारको छाला निकै नै संवेदनशील हुन्छ । मानिसलाई पहिलो नजरमा हेर्दा, अनुहारमा ध्यान जाने हुनाले मानिसहरु आफ्नो अनुहारलाई सुन्दर र आकर्षक बनाउन चाहन्छन् । तर, विभिन्न रोग, घामको प्रत्यक्ष किरण, धुलो धुवाँ, हार्मोनको गडबडी, थकान आदिका कारण अनुहारमा डन्डीफोर, कालो दाग धब्बा हुने, छाला कालो हुने आदि हुन्छ । जसले मानिसलाई निराश बनाइरहेको हुन्छ।

अनुहारमा आउने डन्डीफोर, दाग धब्बा, कालोपना आदिको उपचारको लागि बजारमा प्रशस्त औषधिहरु पाइन्छन्। तर ती औषधिले गर्दा कसैलाई नकारत्मक असर पर्ने, कसैको केही समय निको भएर फेरी बल्झिने आदि समस्या देखिने गर्छ । त्यस्तै, ती औषधिहरु केही महँगो पनि पर्छन् भने तिनलाई लामो समयसम्म प्रयोग गरिरहनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिदैन।

यसको विकल्पमा घरमै हुने सामानहरुलाई प्रयोग गरेर छालाको उपचारमा प्रयोग गर्न सकिन्छ । घरेलु उपचार लामो समयसम्म प्रयोग गर्न सकिन्छ, यसको नकारात्मक असर हुँदैन भने यो प्रभावकारी पनि हुन्छ।

अनुहारको दाग धब्बा, कालोपना हटाएर गोरो र चमकदार बनाउनको लागि घरेलु उपाय पनि विभिन्न किसिमका छन्। त्यसमध्ये यहाँ चर्चा गरिएको उपाय प्रभावकारी हुन्छ । यस विधिमा बेसन, ताजा दुध र चामलको पीठोलाई प्रयोग गरिन्छ । दुधमा बेसन र चामलको पीठो मिलाएर, त्यो पेस्ट अनुहारमा लगाउनुपर्छ। अनुहारमा लगाउँदा दश देखि पन्ध्र मिनेटसम्म मसाज गर्दै लगाउनुपर्छ । त्यसपछि त्यसलाई सफा पानीले अनुहार धुनुपर्छ।

घरेलु उपाय अपनाउंदा अनुशासनमा रहेर निरन्तर रुपमा अपनाउन सकियो भने मात्र त्यो प्रभावकारी हुन्छ । त्यसैले यो विधिलाई पनि दश दिनसम्म निरन्तर रुपमा प्रयोग गरियो भने यसले छिटो नतिजा दिनेछ । आफ्नो समस्या समाधान भएपछि पनि यसलाई हरेक दिन वा हप्ताको दुई पटक प्रयोग गर्नु राम्रो हुन्छ।

 

प्रतिक्रिया दिनुहोस