१७ वर्ष सम्म निकै मिल्ने दुई युवतीहरुले जव आफुहरु साँच्चीकै दिदी वहिनी भएको थाहा पाए….

एजेन्सी । एउटा जन्मदिन मनाउन आयोजना गरिएको पार्टीमा भेट भएका दुई युवती हेर्दा उस्तै देखिन्थे । उनीहरुको आनीवानी र अनुहार पनि मिल्थ्यो । दाँतको बनावट, जुत्ताको साइज सबै मिल्थ्यो । स्वभाव पनि मिल्ने भएपछि त्यो दिन देखि उनीहरु नजिक भए ।

फोन नम्बर साटासट गरे । अनि उनीहरुबीच दिनहुँ कुराकानी हुन थाल्यो । उनीहरु १७ वर्ष सम्म दिदी बहिनी जस्तै भएर सम्बन्धमा रहे । एक अर्कालाई दिदी वहिनीकै सम्बोधन गर्थे । सन् २००४ देखि यो सिलसिला चलिरह्यो । यास्ले थोमस र लतोया विम्बर नाम गरेका यि दुई युवतीबीचको सम्बन्ध दिदी बहिनी जस्तै थियो । दुवै जना एक अर्काको घरमा आउन जान पनि थाले ।

सानोमा ती दुईको अगाडिको दाँतमा उस्तै खाली भाग देखिन्थे। दुवैको गालाको भाग केही उठेको थियो । तिनको छालाको रङ्ग र जुत्ताको आकारमा पनि उही हुन्थ्यो । संगीतदेखि फेसनसम्म दुबैका धेरै रुचि मिल्ने उनीहरु आफै पनि अचम्म मान्थे । संयोग कस्तो भने एक समय ती दुईका प्रेमी एउटै घरका दाजुभाइ समेत थिए ।

अहिले सत्र वर्षपछि उनीहरुको सम्बन्धमा नयाँ आयाम आएको छ । ‘हामीहरु एकअर्कासँग गमले टाँ से जसरी टा सिर हेका हुन्छौं,’ थोमसले बताइन् । उनीहरुले नजानेरै एक अर्कालाई दिदी बहिनी भनेर सम्बोधन गरेका थिए ।

यो वर्षको फेब्रुअरीमा, ती दुई साँच्चैको दिदीबहिनी भएको पत्ता लागेको छ । उनीहरुबीचको सम्बन्धको रहस्य यसरी खुलेको हो । यही वर्षको जनवरीमा २९ वर्षकी विम्बरलीले आफ्नो इन्गेजमेन्ट मनाउन पार्टीको आयोजना गरिने । त्यो पार्टीमा मिल्ने साथी नआउने कुरै भएन ।

३१ वर्षकी दिदी थोमसले बहिनीको एन्गेजमेन्टको तस्बिर आफ्नो फेसबुकमा शेयर गरिन् । केही फोटोमा बहिनी विमबर्लीकी पिता केनेथ विमबली देखिए । छोरीको एन्गेजमेन्टमा सहभागी भएका पिता केनेथ तस्बिरमा देखिएका हुन् ।

अनलाइनमा फोटो हेरिरहेकी थोमसकी आमाकी मिल्ने साथीले केनेथ चिनिन् । उनले यास्लेको आमा र केनेथ युवाकालमा सँगै हिँडडुल गरेको र उनीहरुबीच सम्बन्ध रहेको बारेमा बताइन् । यास्लले जब त्यो कुरा दिदी थोमसलाई सुनाइन् उनी अचम्म परिन् । सुरुमा त उनले त्यो कुरा विश्वास गर्न सकिनन् ।

त्यसपछि जसले केथेन र यास्लेको आमाको सम्बन्ध रहेको बताएकी थिइन् उनको तस्बिर मगाएर बुवालाई उनले तपाईले यि महिलालाई चिन्नुहुन्छ भनेर सोधिन् ।केनेथले तत्कालै ती महिला आफ्नो साथी भएको बताए । उनले साथीलाई नचिन्ने कुरा भएन । त्यसपछि उनले थोमसकी आमाको फोटो पनि देखाइन्, उनले ती महिलालाई पनि राम्ररी चिनेको र युवाकालमा दुईबीच छोटो समय रोमान्टिक सम्बन्ध रहेको रहस्य पनि खोले ।

त्यो क्षणमा, केनेथलाई थोमसको जैविक पिता अझै थाहा थिएन । त्यसपछि कतै केनेथनै उनको पिता त होइनन् भन्ने प्रश्न उब्जियो । त्यो जान्नको लागि डिएनए टेस्ट गर्ने निर्णय भयो । फेब्रुअरी २१ डिएनएको परीक्षणको नतिजा आउँदा केनेथ नै थोमसको पिता भएको प्रमणित भएको हो ।थोमस १५ वर्षको उमेर हुँदा उनलाई पाल्ने व्यक्ति उनको जैविक पिता नभएको थाहा भएको थियो । ११ वर्षअघिनै बितेकी उनको आमाले पनि उनको वास्ताविक पिताबारे केही नबताएका कारण उनले आफ्नो जैविक पिताका बारेमा जानकारी पाएकी थिइनन् ।

थोमसले हालको नयाँ पहिचानलाई ‘सुन्दर’ र ‘अत्यन्त भावनात्मक’ बताएकी छन् । खासमा सानैदेखि नै केनेथ विभिन्न अवसरमा उनको घरमा आइरहेका हुन्थे । ‘थाहै नपाई उनले मेरो पिताको भूमिका निभाइरहेका रहेछन्,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस