जमिन मुनी अनौठो गाउँ, जहाँका घर भित्र हेर्दा महल जस्तै देखिन्छन्…..

काठमाडौं – विश्वमा विभिन्न अनौठा ठाउँहरु छन् । हामिले मानिसहरु गाउँ र शहरमा मात्र बसेको देखेका छौ । मानिसहरु जंगलमा बसेको पनि सुनेका छौ । तर के तपाईले जमिन मुनी बस्ती बसाएर मानिसहरु बसेको सुनेको या देखेका छौ ।

तपाईलाई पत्यार नलाग्ला, तर विश्वमा यस्तो एउटा गाउँ पनि छ जहाँका सबै मानिस जमिन मुनि बस्ने गर्छन् ।उक्त गाउँ दक्षिण अष्ट्रेलिया रहेको छ । दक्षिण अष्ट्रेलियामा रहेको कुबर पेडी नाम गरेको गाउँमा मानिसहरु जमिन मुनी बस्ने गर्छन् । त्यहाँ सबैभन्दा धेरै ओपल माइन्स भएकोले त्यस गाउँलाई ओपल कैपिटल अफ द वल्ड पनि भनिने गरिन्छ ।

ओपल एक दुध रंगको ढुंगा हो ।यो गाउँ एउटा मरुभुमि रहेको छ । यस गाउँमा रहेका घरहरु बाहिर माटो जस्तो देखिए पनि भित्र भने महल जस्तै छ । यहाँ जाडो र गर्मीमा ठिक्क मौसम हुन्छ

प्रतिक्रिया दिनुहोस