आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । आज सुनको भाउ हिजोको तुलनामा तोलामा ७०० रुपैयाँले घटेको छ । आज सुन प्रति तोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिंजो सुन प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ४ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज प्रति तोलामा चाँदी ५ रुपैयाँ घटेर १३४० रुपैयाँमा कारोबार भैरहेको छ । तर बिहीबार चाँदीको मूल्य प्रतितोला १३४५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस