धुलिखेलमा फेला पर्‍यो ३८ सय वर्ष पुरानो किराँत देवीको प्रतिमा

काठमाडौँ। काभ्रेको धुलिखेलमा ३८ सय वर्ष पुरानो किराँत देवीको प्रतिमा फेला परेको छ । धुलिखेल नगरपालिका ३ स्थित अरनिको राजमार्गको जमिनको सतहभन्दा करिब तीन सय मिटर तल मूर्ति फेला परेको हो।

पुरातत्वविदहरूले किराँत देवीको मुर्ति फेला पारेपछि मूर्ति नेपालको एक सबैभन्दा प्राचीन प्रतिमा रहेको बताएका छन्। उनीहरुले उक्त प्रतिमा ३८ सय वर्ष पुरानो रहेको जनाएका छन्। मुर्ति शुक्रबार एक निर्माण कार्यको क्रममा फेला परेको हो।

देवीको प्राचिन प्रतिमा फेला परेपछि हेर्न आउने स्थानीयको भिड लागेको थियो। पुरातत्वविदहरुका अनुसार उक्त मूर्ति पहिलो वा दोस्रो ईसाइ पुर्व कालको हुनु पर्ने बताएका छन्। मुर्तिमा गरगहनाको राम्रोसँग शिल्प गरिएको छ भने प्रतिमाको दाँया हात नभएको तस्बिरमा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस