घरको ढोका अगाडि कहिल्यै नराख्नुस यी ४ चिज, रिसाउछिन् लक्ष्मी

घरको मुल ढोका अगाडि कहिल्यै पनि नराख्नुस यी चिज बास्तु शास्त्र अनुसार घरको मुल ढोकाको बिशेष महत्व हुन्छ किन भने यो स्थानमा भगवानको सबैभन्दा पहिला कृपा दृष्‍टि पर्ने मानिन्छ । त्यस कारण घरको मुल ढोकाको अगाडि यी ४ चिज राख्नु हुँदैन।

धेरै जसो मानिस घर सजाउन बिभिन्न किसिमका बिरुवाहरु लगाउने गर्दछन। जसमा मुख्य ढोका अगाडि काँडा भएका बिरुवा पनि लगाउने गर्दछन्।

यसो गर्नु हुँदैन किन भने यसबाट नकारात्मक उर्जा आउछ र आउन लागेको सकारात्मक उर्जा रोकिदिन्छ। त्यसकारण ढोका अगाडि कांडा भएको बिरुवा लगाउनु हुँदैन।

घरको ढोका अगाडि भांचिएको कुर्सी वा पलङ राख्नु हुँदैन। भांचिएको कुर्सी वा पलङ राख्दा घरमा अशान्ती हुने मानिन्छ।

घरको ढोका अगाडि फोहोरो वा माकुराको जालो हुनु हुँदैन। यसो भएमा भगवान देबी देवता घरमा आउँदैनन भनिन्छ।

यदी घरको मुल ढोका अगाडिनै जुता चप्पल खोलेर राख्ने बानी छ भने हटाउनु होस ढोका अगाडिनै जुता चप्पल राख्दा माता लक्ष्मी प्रबेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ।

प्रतिक्रिया दिनुहोस