सुन्दा र देख्दा नै अचम्म लाग्ने झरना, जहाँ बषौदेखि आगो बलिरहेको छ

यो संसार धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ ।एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।

यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् ।

उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ ।यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् ।यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ ।खोजपछि वैज्ञानिकहरुले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दावी गरेका छन् । सोही कारण आगो निरन्तर बलेको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस