काठमाडौँ, १४ भदाै । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने चेतावनी दिनुभएकाे छ । आइतबार उहाँले सामाजिक सञ्जालमार्फत सम्बन्धमा आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आफू कसैमाथि जाइनलाग्ने तर कोही आफूमाथि आइलागेमा नछोड्ने उल्लेख गर्नुभएकाे छ ।
डा. भट्टराईले सामाजिक सञ्जालका सम्बन्धमा आफ्ना पाँच प्रतिवद्धता सार्वजनिक गर्दै अरुबाट सिक्ने र आफूले जानेका कुरा बाँड्ने, सत्य र न्यायको पक्षमा उभिने, शोषित–उत्पीडित–विभेदमा परेकाहरुको पक्षमा पैरवी गर्ने, जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने र बुझेर बुझ पचाउने ठग र नबुझ्ने–बुझ्न नचाहने मुर्खदेखि टाढै बस्ने बताउनुभएकाे छ ।
Social Media बारे मेरो प्रतिबद्धता:१.अरूबाट सिक्ने,आफुले जानेको बाँड्ने;२.सत्य र न्यायको पक्षमा उभिने;३.शोषित/उत्पीडित/विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्ने;४.जाइनलाग्ने,आइलाग्नेलाई नछोड्ने(tit for tat);५.बुझेर बुझ पचाउने ठग(crook)र नबुझ्ने/बुझ्ननचाहने मूर्ख(fool)देखि टाढै बस्ने!
— Baburam Bhattarai (@brb1954) August 30, 2020