११ पटक बिहे गरिसकेकी यी महिलाले अझै खोज्दैछिन् नयाँ बेहुला !

११ पटक बिहे गरिसकेकी यी महिलाले अझै खोज्दैछिन् नयाँ बेहुला !

मान्छेलाई खानपान र घुमफिरको लत हुन्छ भन्ने सबैलाई थाहा छ तर पटक–पटक बिहे गर्ने लत भएका मान्छे संसारमा विरलै भेटिन्छन् ।

अमेरिकाकी ५२ वर्षीय मोनेटलाई विवाह गर्ने लत लागेको छ । उनले हालसम्म ११ विवाह गरिसकेकी छन् भने अझै अर्काे बिहे गर्न बेहुला खोजिरहेकी छन् ।

मिरर यूकेमा प्रकाशित रिपोर्टअनुसार मोनेट जब सानै थिइन्, त्यतिबेला भाइका साथीसँग विवाह गर्ने कल्पना गर्थिन् । उच्च शिक्षा पढिसक्ने बित्तिकै उनले पहिलो बिहे गरेकी थिइन् ।त्यसपछि हालसम्म उनले ११ पुरुषसँग बिहे गरिसकेकी छन् तर कुनै पनि बिहे दीगो हुन सकेन ।

अहिले पनि उनी नयाँ बेहुला खोजिरहेकी छन् । उनले भनिन्, ‘म अझै धेरै व्यक्तिसँग बिहे गर्न सक्थें । मलाई २८ वटा बिहेका लागि अफर आएको थियो ।’

यतिबेला उनी ५७ वर्षीय पुरुष जोनको सम्पर्कमा छिन् । जोनसँग उनी २ वर्षदेखि डेटिङ गरिरहेकी जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस