संसारकै अनौठो गाउँ, जहाँका सबै महिलाको कपाल ७ फिट भन्दा लामो छ !

काठमाडौं । लामो कपाल हुने महिलाहरु सुन्दरताका हिसाबले निकै राम्रो देखिन्छन् । महिलाहरुले पनि आफ्नो लामो कपाल होस् भन्ने चाहेका हुन्छन् । आफ्नो कपाललाई कसरी लामो बनाउने भन्ने उपाय पनि खोजीरहेका हुन्छन् । तर लामो कपाल बनाउन धेरै समय लाग्छ ।

तर विश्वको यस्तो स्थान छ जहाँका अधिकांस महिलाहरुको कपाल लामो छ । त्यस गाउँका सबै महिलाहरुको कपाल निकै लामो छ । त्यहाका महिलाहरुको कपाल करिब तीन फिटदेखी ७ फिटसम्म लामो भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उक्त गाउँका सबै महिलाले लामो कपाल पालेका छन् । यो गाउँ २०० वर्ष पुरानो हो ।झण्डै ६० प्रतिशत महिलाहरु रहने यो गाउँ निकै अनौठो पनि छ ।

यहाँ रहेका महिलाहरुको कपाल १८ वर्ष पुग्दा एकपटक काटिन्छ । त्यसपछी काटिदैन । यस गाउँमा रहेका महिए याओ जातिका महिलाहरुको कपाल कालो, चमकदार र लामो हुन्छ । लामो कपालकै कारण चीनमा पनि अलग पहिचान रहेको छ । यहाँ १८ बर्षमा एक पटक कपाल काटिन्छ र विवाह गरिन्छ । त्यसपछी भने कपाल लामो बनाउन थालिन्छ ।

प्रतिक्रिया दिनुहोस